बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा १ हजार जनाले कोभिड–१९ विरुद्धको फाइजर खोप लगाएका छन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार ८ ओटै वडाका खोपकेन्द्रमार्फत १ हजार २ जनाले कोभिड विरुद्धको खोप लगाएका हुन् ।
सुर्नयामा यही कार्तिक ११ र १२ गते खोप अभियान सञ्चालन भएको थियो । कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि जिल्लाभरी खोप अभियान सञ्चालनमा रहेको छ ।
जिल्लामा यही कार्तिक २८ गतेसम्म कोभिड विरुद्धको फाइजर खोप दिने तालिका रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस्