राष्ट्रिय सरसफाई अभियान निरन्तर जारी, सार्वजनिक शौचालय सरसफाई गर्न ‘आगो’को टोली कञ्चनपुरमा

धनगढी : नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डे (आगो) ले सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान निरन्तर अगाढी बढाएका छन् ।

असोज ९ गते बुधवार दिनमा काठमाण्डौँ पशुपतिनाथ मन्दिरको शौचालयमा पुगेर अभियानको थालनी गरेका थिए भने, आज कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न. ५ को गुलरिया बजारमा रहेको सार्वजानिक शौचालय सरसफाइ गरेका छन ।

dashain shuvakamana
Discovery School

जसअन्तर्गत उनले स्थानीय युवाहरूको सहयोगमा बसपार्कको प्रतीक्षालय सँगै जोडिएको सार्वजनिक शौचालयलाई सरसफाइ सामग्री हस्तान्तरण गर्दै सरसफाइ गरेका थिए । उनले सरसफाइ अभियान अन्तरगत यसै वडाका वडा सदस्या चेत बहादुर रावल सँगै शौचालयका कर्मचारीलाई बाल्टिन, ब्रस, जग, हार्पिक, सोडा, ओडोनिल लगायतका सामग्री समेत हस्तान्तरण गरेको थिए ।

उनले भने ‘अभियान अन्तरगत प्रत्येक हप्ताको बुधवारको दिन २ घण्टा सार्वजनिक विद्यालय, मठ मन्दिरहरूमा जनचेतना फैलाउँदै आफै गएर सार्वजनिक शौचालयहरूको सरसफाइ गर्ने छु ।’ सार्वजनिक शौचालयमा जादा त्यहाँ फोहोर हुने गरेको अनुभव सुनाउँदै यो अभियान सुरु गर्ने योजना बनाएको बताए ।

शहर बजार हुँदै गाउँ घरमा रहेका सार्वजानिक बिद्यालय , मठमन्दिर ,बसपार्क लगायत्का स्थान सम्म जन चेतना फैलाउने उद्देश्यले सुरु भएको अभियान आठैाँ चरणमा यो कार्यक्रम गरिएको हो । सरसफाई नै जीवन हो ,भन्ने मुल नारा कस साथ सुरु भएको बताएका छन ।

गुलरिया बजारमा रहेको सार्वजनिक शौचालयको सरसफाईमा युवा नेता आगो सँगै वडा सदस्या चेत बहादुर रावल, विजय बिक, सान परियार सँगै स्थानियहरुको उपस्थितीमा सरसफाई भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार