आर्थिक मामिला मन्त्रालयले गर्‍यो ४९ कर्मचारीको सरुवा, ३७ जना अधिकृत कसको सरुवा कहाँ ?

धनगढी : सुदूरपश्चिमको  आर्थिक मामिला मन्त्रालयले लेखा समूहका कर्मचारीको सरुवा गरेको छ। मङ्गलवार मन्त्रालयले ४९ जना कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयले प्रशासन सेवा लेखा समूहका अधिकृत र सहायकस्तर पाँचौँ र चौथो तहका कर्मचारीको सरुवा गरेको हो।

३७ जना अधिकृत कसको सरुवा कहाँ ?

dashain shuvakamana
Discovery School

मन्त्रालयले ३७ जना लेखा अधिकृतहरूको सरुवा गरेको छ। जसमध्ये ११ जना सातौँ तहका लेखा अधिकृतको सरुवा भएको छ भने बाँकी छैटौँ तहका रहेका छन्।

प्रदेश सभा सचिवालयमा कार्यरत सातौँ तहका लेखा अधिकृत भीमबहादुर ऐरको सरुवा सेती प्रादेशिक अस्पतालमा भएको छ भने सेतीबाट बलदेव कपाडीको प्रदेश लेखा नियन्त्रक कार्यालयमा सरुवा भएको छ। कपाडीलाई प्रदेश सभा सचिवालयको थप जिम्मेवारीसमेत तोकिएको छ।

मुख्यमन्त्री कार्यालयका लेखा अधिकृत यज्ञराज लेखकलाई सामाजिक विकास मन्त्रालय, सामाजिकका कृष्णबहादुर शाहीलाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र आपूर्ति व्यवस्थापन केन्द्रका नरेन्द्र सन्याललाई मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

यसैगरी, स्वास्थ्य तालिम केन्द्रमा कार्यरत सरस्वती घिमिरेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, आन्तरिक मामिलाका महेशकुमार थारुलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालयका पदमब बिष्टलाई प्रदेश लेखा इकाई कार्यालय डडेल्धुरा सरुवा गरिएको छ।

मन्त्रालयले डिभिजन वन कार्यालय कञ्चनपुरका लेखा अधिकृत भुपेन्द्रसिंह धामीलाई महाकाली प्रादेशिक अस्पताल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका देवराज जैशीलाई स्वास्थ्य तालिम केन्द्र कैलालीको थप जिम्मेवारी र आर्थिक मामिलाका भोजराज जोशीलाई प्रदेश लोकसेवा आयोगको थप जिम्मेवारी तोकिएको छ।

लेखा अधिकृत छैटौं तह अनिल चन्दको पूर्वाधार कार्यालय कञ्चनपुर,चेतराज जोशीको पूर्वाधार विकास कार्यालय कैलाली तथा पुष्पाकुमारी फुलाराको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीमा सरुवा भएको छ।

शिक्षा निर्देशनालय डोटीबाट चक्रराज भट्टको सरुवा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डोटी सरुवा भएको छ भने भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराका टंकप्रसाद ओझाको सरुवा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाजुरा सरुवा गरिएको छ।

यस्तै, स्वास्थ्य कार्यालय कैलालीबाट नित्यानन्द जोशीको सरुवा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरा, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाजुरामा कार्यरत नयनबहादुर बुढालाई पूर्वाधार कार्यालय अछाम पठाइएको छ।

मन्त्रालयले सेती प्रादेशिक अस्पतालबाट गणेशदत्त भट्टलाई प्रदेश लेखा नियन्त्रक कार्यालय, बिउ विजन प्रयोगशाला सुन्दरपुरबाट डम्बरदेव पाण्डेयलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कञ्चनपुर तानिएको छ। यस्तै, जनस्वास्थ्य प्रयोगशाला धनगढीका दानबहादुर ऐरलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय डोटी, डिभिजन वन डडेल्धुराबाट हरिप्रसाद भट्टलाई जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुरा खटाइएको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन बझाङका धर्मराज गिरिको सरुवा सेती प्रादेशिक अस्पताल, खानेपानी तथा सरसफाइ कार्यालय डोटीबाट खगेन्द्र विकको सरुवा प्रादेशिक जनस्वास्थ्य कार्यालय, मदनसिंह महराको सरुवा पूर्वाधार कार्यालय बझाङ तथा पूर्वाधार कार्यालय अछमका दिलबहादुर ऐरको सरुवा भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुरा गरिएको छ।

मन्त्रालयले पूर्वाधार कार्यालय कैलालीबाट नरबहादुर भाटलाई शिक्षा विकास निर्देशनालय डोटी, घरेलु कार्यालय कैलालीका टिकेन्द्रप्रसाद जोशीलाई प्रदेश लेखा इकाई कार्यालय कञ्चनपुर सरुवा गरेको छ।

सरुवा हुनेमा सहरी विकास तथा भवन कार्यालय, बैतडीका गणेशबहादुर ठगुन्ना स्वास्थ्य कार्यालय बैतडी पुगेका छन् भने डिभिजन वन दार्चुलाबाट वासुदेव जोशीलाई कृषि ज्ञान केन्द्र बैतडी पठाइएको छ। यस्तै, भु तथा जलाधार डोटीबाट सुशील ओझालाई घरेलु कार्यालय कैलाली, कृषि विकास निर्देशनालय डोटीबाट शिवराज भट्टलाई पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटी सारिएको छ।

यसैगरी पशुपन्छी निर्देशनालयका रामप्रसाद पन्तलाई कृषि विकास निर्देशनालय तथा जलस्रोत तथा सिँचाइ डिभिजन कञ्चनपुरबाट तर्कराज भट्टलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुर तानिएको छ।मन्त्रालयले रुन्द्र निदाललाई कृषि ज्ञान केन्द्र डोटी, मदनराज अवस्थीलाई जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय अछाम सरुवा गरिएको छ।

लेखा समूह सहायक स्तरका कर्मचारीको विवरण यस्तो

लेखा समूहका १२ जना सहायक स्तरका कर्मचारीको सरुवा भएको छ। सरुवा हुनेमा खगेन्द्रसिंह कार्कीलाई जलस्रोत तथा सिँचाइ डिभिजन बझाङ पुगाइएको छ भने पूर्वाधार कार्यालय बझाङका गणेशबहादुर बिष्टलाई डिभिजन वन कार्यालय पहलमानपुर तानिएको छ। यसैगरी, गोदावरी ठगुन्नालाई सहरी विकास तथा भवन कार्यालय कैलाली, देवसिंह बडाललाई स्वास्थ्य कार्यालय कैलाली, भरतबहादुर शाहीलाई कृषि ज्ञान केन्द्र अछाम तथा दिपाकुमारी जोशीलाई डिभिजन वन कार्यालय कैलालीमा सरुवा गरिएको छ।

यस्तै, प्रभा जोशीलाई पशु सेवा तालिम केन्द्र धनगढी, रमेश पङ्गेनीलाई मुख्यमन्त्री कार्यालय, सर्जन बोगटीलाई मत्स्य विकास केन्द्र गेटा तथा हरिप्रसाद जोशीलाई प्रादेशिक आयुर्वेदिक अस्पताल तानिएको छ। सरुवा हुनेमा टंकबहादुर धामीलाई भौतिक पूर्वाधार ल्याइएको छ भने बिरबहादुर बोहरा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाम पठाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार