तातोपानी नाका खुलेसँगै भित्रिन थाले चिनियाँ स्याउ

काठमाडौं : तातोपानी नाका खुलेसँगै चिनियाँ स्याउ भित्रिन थालेको छ। असोज ११ गतेको बाढीले २ वटा पुल बगाउँदा रोकिएको सडक खुलेसँगै तिहारलक्षित फलफूल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका अनुसार आइतबारदेखि फलफूलका गाडी र केही लत्ता कपडाले भन्सार छुटाएका छन्।

Seti Hospital

‘पछिल्लो ३ दिनदेखि नियमित रुपमै भन्सारमा जाँचपास भएर गाडी छुटेका छन्’, प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईले भने, ‘तिहारलक्षित फलफूल बोकेका ट्रक बढी छुटेका छन्। त्यसबाहेक लत्ता कपडा थोरै मात्रामा छन्।’

२–३ वटा ब्रान्डले तातोपानी नाका हुँदै विद्युतीय गाडी ल्याउने गरेका थिए। नाका खुलेपछि करिब एक दर्जन गाडी छुटेका छन् भने ५० जति भन्सारमा आएर जाँचपास नगरी बसेको भट्टराईले जानकारी दिए। उता रसुवागढी नाका पनि चीनतर्फ अवरोध रहेकाले बन्द नै छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार