नेपाली काँग्रेसले केशवराज पन्तलाई उमेदबार बनाउने

धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि नेपाली काँग्रेसले केशवराज पन्तलाई उमेदबार बनाउने भएको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय समितिको मंगलवार बसेको बैठकबाट पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेसका प्रदेश प्रदेश कार्यसमिति सदस्य तथा प्रदेश प्रबक्ता सुरत रावतले जानकारी दिएका छन् ।

धनगढी २ नम्बरबाट सदस्यमा निर्वाचित पन्त मङ्सिर १६ गते गते हुने जिल्ला समन्वय समितिको प्रमुखको उम्मेदवार बन्ने भएका हुन् । समन्वय समितिका लागि कैलाली १३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

कैलालीका समन्वय प्रमुख गौरीगङ्गा वडा नम्बर ८ बाट सदस्यमा निर्वाचित पदम कलेलको स्वर्गारोहण भएपछि उक्त पदका लागि पुन: निर्वाचन हुन लागेको हो । कलेजो र मिर्गौलाको बिरामीबाट निधन भएको थियो । कैलालीको मसुरिया घर भएका ५२ वर्षीय कलेल नेपाली काँग्रेसका तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखका निर्वाचित भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार