साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने दर्शकले यी सामान बोक्न नपाइने

काठमाडौँ : बुधबार हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने दर्शकले पानीका बोतल, हेल्मेट, सिक्कालगायतका बस्तु साथमा लिन नपाउने भएका छन्।

बुधबार साँझ साढे ६ बजे नेपाल र बंगलादेशबीच फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथरगंशालामा हुँदै छ। मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले एक सूचना जारी गर्दै खेल हेर्न जाने दर्शकलाई  प्रतिबन्धित सामग्रीहरू नलिएर आउन आग्रह गरेकाे हाे।

यसअघि आइतबार नेपाल र भारतबीच भएकाे सेमिफाइनल खेलमा दर्शकले मैदानमा पानीका बाेत्तल फाल्दा खेल केहीबेर राेकिएकाे थियाे। उक्त घटनापछि एन्फाले केही सामाग्री लैजान रोक लगाएको हो। खेल हेर्न आउने दर्शकलाई सुरक्षित र शान्तिपूर्ण वातावरण मिलाइएकाे एन्फाले जनाएकाे छ।

एन्फाका अनुसार प्रतिबन्धित सामग्रीहरूमा बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार, चुरोट, लाइटर, सलाइ मदिरा र अन्य नशालु पदार्थहरू रहेका छन्।

यस्तै, झाेलाहरु पनि लान मिल्ने छैन तर साना झाेलाहरु भने जाँचपछि लान मिल्ने छ। हेल्मेट, यस्तै सुरक्षा सामग्रीहरू, अनुमति बिना ब्यानर, झण्डा, पोस्टर लग्न पाइने छैन।

पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने , धातुका मुद्रा क्याइन , सामग्रीहरू, खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट, ड्रग्स र अन्य अवैध पदार्थ – कुनै पनि प्रकारका लागू औषधहरू, लिबिस्टिक ,नेल कटर, कैँची, काइयोमा पनि प्रतिबन्धित लगाइएकाे छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार