एमाले बाजुराको सचिवालय पार्टीको विभिन्न विभाग पूर्णता

बाजुरा : नेकपा एमाले बाजुराको सचिवालयको पहिलो बैठकले पार्टीका विभिन्न विभागहरुलाई पूर्णता दिएको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई प्रमुखको जिम्मेवारी दिएर पूर्णता दिएको पत्रकार सम्मेलन मार्फत प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी गराएका छन् ।

आज बिहान पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख रोकायाले सचिवालयको पहिलो बैठकले विभागहरुलाई पूर्णता दिदै अन्य विभिन्न निर्णय गरेको बताएका छन् ।पत्रकार सम्मेलनमा सचिवालयको बैठकले पार्टीको विभागहरुमा जिम्मेवारी दिदै काम गर्ने गरी प्रमुख तोकिएको बताएका छन् ।

पार्टीको संगठन विभाग प्रमुखमा अमर बहादुर खड्का, पार्टी स्कूल विभाग प्रमुखमा जनक कुमार बोहरा,वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुखमा काँशी बहादुर बि।क,स्थानीय विकास विभाग प्रमुखमा राम बहादुर बानियालाई जिम्मेवारी तोकिएको छ ।

यस्तै पार्टीको गतिविधीलाई संचार माध्यममा लैजाने गरी प्रचार तथा प्रकाशन विभाग प्रमुखमा राजन कुमार रोकाया, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा मनदेवी ओली,विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभाग प्रमुखमा सिता थापा,स्वास्थ्य सेवा तथा जनसंख्या विभाग प्रमुखमा खडक बहादुर साउँद शिक्षा तथा मानवस्रोत विभाग प्रमुखमा देवु कुमारी थापालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा विनोद बाजुराली,कृषि तथा पशुपंक्षी विकास विभाग प्रमुखमा जंग बहादुर बि।क। वन, वातावरण विभाग प्रमुखमा हिक्मत बहादुर थापा,खानेपानी तथा सरसफाई विभाग प्रमुखमा मनलाल दमाई,युवा तथा खेलकुद विभाग प्रमुखमा कृष्ण बहादुर बम, कानुन विभाग प्रमुखमा तुलाराम जैशी र जनसंगठन परिचालन समन्वय सन्यन्त्र प्रमुखमा पार्टी उप सचिव हरि बहादुर रोकाया जिम्मेवारी दिइएको प्रचार विभाग प्रमुख रोकायाले बताए ।

योजनाका लिखित तयार गर्न सहयोगी कार्यदल गठन गर्ने निर्णय गरिएको नेकपा एमाले बाजुराले जनाएको छ । सचिवालयको बैठकले पालिका र वडा अधिवेशन गर्ने,वडा इन्चार्जहरुको कार्यसम्पादनको समीक्षा, पालिका सभादलका वैठक र कार्यसम्पादनको समीक्षा, जिल्ला कमिटी सदस्यहरुको वरियताक्रम निर्धारण, जनप्रतिनिधिहरुको कार्यसम्पादन समीक्षा पनि गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पार्टी अध्यक्ष लालबहादुर ओलीले पार्टीले जिम्मेवारी दिएका वडा इन्चार्जहरुले सन्तुष्टी हुने गरी काम नगरेको पत्रकार सम्मेलनमा बताएका छन् । पालिकाका ६९ वटै वडामा इन्चार्ज तोकिएका कतिपय जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्जहरुले सन्तुष्टी हुुने गरी काम नगरेकाले पार्टीको आचारसंहिता पालना गर्दै तोकिएको काम गर्न निर्देशन दिएको बताए ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओलीले मंसिर १६ गते हुने स्वामीकार्तिक गाउँपालिकाको उप निर्वाचनका लागि गाउँ कमिटीले सिफारिस गरेर पठाइएकी सूलोचना भण्डारी९बुढा०लाई एकल उम्मेदवार बनाउदै प्रदेश कमिटीमा सिफारिस गरेको जानकारी गराए ।

पार्टीले उप निर्वाचनमा काँग्रेससंग प्रतिष्पर्धा गर्ने र अन्य साना दलहरुसंग गठबन्धनका लागि छलफल गर्ने पनि पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बताएका छन् । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष लालबहादुर ओली,पार्टी सचिव काँशी बहादुर वि।क र पत्रकाहरु सहभागी थिए । पत्रकार सम्मेलन पार्टीका प्रचार विभाग प्रमुख राजन कुमार रोकायाले गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार