१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित

मोरङ : सुदूरपश्चिम प्रदेशले विराटनगरमा जारी १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेटमा जित हात पारेको छ।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा मंगलबार सम्पन्न खेलमा सुदूरपश्चिमले पहिलो खेल खेलिरहेको कर्णालीलाई ५ विकेटले पराजित गरेको हो।

Seti Hospital

टस जितेर ब्याटिङ गरेको कर्णालीको टोली ३०.५ ओभरमा ७४ रनमा समेटिएको थियो। कर्णालीका लागि ओपनर तथा क्याप्टेन मनिष थापाले ४२ रन जोडे। बाँकी १० खेलाडीले भने दोहरो अंकको रन बनाउन सकेनन्।

यद्यपि, सुदूरपश्चिमले दिएको १३ अतिरिक्त रन कर्णालीको लागि दोस्रो बढि रन थियो। कर्णालीलाई धराशायी बनाउने क्रममा सुदूरपश्चिमका लागि नरेन साउँदले ५ र अशोक धामीले २ विकेट लिए। सुदूरपश्चिमले निर्धारित लक्ष्य १८.१ ओभरमा ५ विकेटको क्षतिमा ७६ रन बनाएर पूरा गरेको थियो।

सुदूरपश्चिमका लागि नरेन भट्टले २८, युवराज खत्रीले अविजित २३ रन बनाए। जारी प्रतियोगितामा दोस्रो खेल खेलेको सुदूरपश्चिमले पहिलो जित दर्ता गराउँदै २ अंक बनाएको छ।

पहिलो खेलमा लुम्बिनीसँग पराजित सुदूरपश्चिमको टोली अंक तालिकामा तेस्रो स्थानमा रहेको छ। अर्कोतर्फ पहिलो खेल खेलेको कर्णाली भने अंकविहीन रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार