जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका एक जनाको मृत्यु, घटनामा संलग्न चार जना पक्राउ

धनगढी : कैलालीमा जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जना पक्राउ परेका छन् ।

गत शुक्रबार राति गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करन बिकको मृत्यु घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोदावरी–१२ ओलानीका प्रकाश साउँद, पूरण मलासी, गणेश बिक र गंगा साउँद रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले जानकारी दिए ।

उनकाअनुसार मृतक बिकका परिवारले उनीसँगै रहेका उनीहरु चारै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दामा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो ।

ओलानीमा जुवातास भइरहेको सूचनाका आधारमा शुक्रबार राति प्रहरीको टोली जुवाखालमा पुगेको थियो । प्रहरी त्यहाँ नपुग्दै जुवातास खेलिरहेकाहरु भागेका थिए तर बिक भने भोलिपल्ट स्थानीय कुलोमा खसेको अवस्थामा मृत भेटिएका थिए ।

सुरुमा जुवाखालबाट भाग्ने क्रममा बिकको मृत्यु भएको आशंका गरिएको थियो तर घटनामा बिकसँगै रहेका चार जनाको शंकास्पद भूमिका देखिएपछि प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

चार जना पक्राउ परेपछि मृतक बिकका परिवारले मंगलबार मात्र उनको शव बुझेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार