पाटन प्रिमियर लिग (पिपिएल–४) : कोइनोडा गुरुखोला लायन्स फाईनलमा प्रवेश

बैतडी : बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४) मा सेमिफाइनलका खेलहरु भइरहेको छन् ।

केहिबेर पहिले भएको खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई हराउदै कोइनोडा गुरुखोला लायन्स फाईनलमा प्रवेश गरेको हो । टस जितेर पहिले बलिङ राजेको आयोजक पाटन क्रिकेट क्लबले गुरुखोलाले दिएको १ सय ७७ रनको लक्ष्य भेटाउन सकेन् ।

आयोजक पाटन क्रिकेट क्लब १५ ओभर खेलर मात्र ८९ रन बनाउदै अलआउट हुन पुग्यो । दिउँसो १ बजेटबाट पञ्चेश्व र पाटन भ्याली बिच खेल हुनेछ । क्वाटर फाइनलको खेलमा गुरुखोला र पञ्चेश्वर अपराजित रहदै सेमिफाइनलमा पुगेका हुन् । आयोजक पाटन र पाटन भ्याली एक एक खेलमा पराजित भएका हुन् । बुधबार फाइनल प्रतिस्पर्धा गराइने छ ।

पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए। द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।

यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय ९बिडिपिआइ० र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार