पूजामा प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ मा भएको पूजामा प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेका छन् ।

देउरालीको प्रसादका रुपमा मासु खाएर बिरामी भएकाहरुमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्नेलगायतका लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए । फुड पोइजनका कारण उनीहरु बिरामी परेको हुनसक्ने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले ३२ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा, एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको र दुई जना उपचारपछि घर फर्किएका बताए । बिरामी सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार