बाजुराका गाउँबस्तीबाट लोप हुन थाले दमाहा बाजा

बाजुरा : चाडपर्व र विभिन्न सामाजिक क्रियाकलापमा बज्ने गरेका दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप हुन थालेका छन् । बजारमा आधुनिक प्रविधिका बाजा भित्रिएसँगै गाउँमा बज्ने गरेको दमाहा बाजा पछिल्लो समय लोप हुन थालेका हुन् ।

यहाँका गाउँबस्तीमा अझै दमाहा बाजाको छुट्टै महत्व रही आए पनि नयाँ पुस्ताले यसलाई बजाउने खासै चासो नदिँदा दमाहा बाजा विस्तारै लोप हुँदै गएको त्रिवेणी नगरपालिका–८ का स्थानीय पदम नेपालीले बताए । 

Seti Hospital

उनले भने, “पहिला गाउँबस्तीमा कसैको विवाह भयो भने यो दमाहा बाजाको माग हुन्थ्यो । अहिले ती विवाहमा समेत डिजे बज्न थाल्छन् ।” यसरी बजारमा आउन थालेको आधुनिक प्रविधिका बाजाले गाउँमा बजार पाएसँगै गाउँमा बज्ने गरेको दमाहा बाजा विस्तारै लोप हुँदै गएको नेपालीले बताए । यहाँका आउजी, नगर्जी, नेपाली, ढोली, दमाईं थरका व्यक्तिले यो दमाहा बाजा बजाउने चलन छ । उनीहरूले गाउँमा हुने गरेका विवाह, पूजापाठ, भुवा भैलो र दसैँको नौरथामा दमाहा बाजा बजाउने गर्छन् ।

यो दमाहा बाजा संरक्षण नगरिए चाँडै लोप हुने देखिन्छ । यसको संरक्षण गर्न जरुरी छ । यो बाजा लोप भएपछि यहाँका कला संस्कृतिसमेत लोप हुने अवस्था रहेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । दमाहा बाजा एक प्रकारको नेपाली बाजा हो यसलाई बजाउन गजो अर्थात् लौरो प्रयोग गर्नु पर्छ ।

यसलाई पन्चैबाजा समूहको ताल बाजामा लिइन्छ । यो घाँटीमा राखेर बजाइन्छ । पानीले दुई दिन जति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने गरिन्छ । यो बाजामा मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएपछि मात्रै छाला नरम हुन्छ र बर्खन सजिलो हुन्छ  ।

बाजुरामा प्रदेश र सङ्घीय सरकारबाट उच्च ओहदाका मानिस आएपछि यो दमाहा बजाएर स्वागत गर्ने चलन छ तर दमाहा भने विस्तारै लोप हुने अवस्थामा छ । यसको संरक्षण तथा प्रवर्धनमा कसैको चासो छैन । यसमा अहिलेका स्थानीय सरकारको समेत ध्यान जान जरुरी छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार