धनगढी : कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका-३ बस्ने ६० वर्षका कर्ण कुँवर पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीको फैसलाले बिना इजाजत वन पैदावार ओसारपसार सम्बन्धी मुद्दामा ३ महिना कैद सजाय तोकिएको थियो ।
फरार रहेबा कुँवरलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले सोमबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्