देशभर दैनिक डेंगु संक्रमितको सङ्ख्या बढ्दै !

काठमाडौं : देशभर दैनिक डेंगु संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण भएको छ ।

डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ।

त्यसपछि काठमाडौंमा चार हजार ६० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । अहिलेसम्म डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने यो वर्ष हुम्ला बाहेकका ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार