पाँच छोराछोरी छोडेर कैलालीकी एक महिला सम्पर्कविहिन

धनगढी : कैलालीमा पाँच छोराछोरी छोडेर एक महिला सम्पर्कविहिन भएकी छन्। जिल्लाको गोदावरी नगरपालिका–९ बल्मीकी ४३ वर्षीया लक्ष्मी दमाई पाँच छोराछोरी छोडेर सम्पर्कविहिन भएकी हुन्।

उनी भदौ १५ गतेदेखि परिवारको सम्पर्कमा छैनन्। घरमा तीन छोरा र २ छोरी छन। ८ वर्षीय छोरालाई समेत छोडेर लक्ष्मी सम्पर्कविहिन भएकी हुन्। लक्ष्मी सम्पर्कविहिन भएपछि घरमा छोराछोरीको विचल्ली भएको उनका श्रीमान भीम दमाईले बताए।

SHIKHAR COOL TECH

उनले इलाका प्रहरी कार्यालय मालाखेतीमा श्रीमती सम्पर्कविहिन भएको भन्दै निवेदन समेत दर्ता गएका छन्। तर अहिलेसम्म कहिँकतै फेला नपरेको प्रहरीले जनाएको छ। लक्ष्मी सम्पर्कविहिन भएपछि माइती पक्ष पनि चिन्तित बनेका छन। लक्ष्मीलाई एक जना अपरिचित पुरुषले सधै भेट्न आउने गरेको लक्ष्मीकी बहिनीले बताएकी छन। स्थानीयका अनुसार लक्ष्मी र एक जना पुरुष अटो चढेर पुर्वतिर गएका थिए।

घरबाट लक्ष्मीले १० हजार रुपैयाँ लिएर गएको उनको श्रीमान भीमले बताए। लक्ष्मीले घरबाट जाने बेला ८ वर्षीय छोरालाई माइत जान लागेको बताएकी थिइन। लक्ष्मीकी छोरी पुजा सोवितका अनुसार भारतबाट भाइले हरेक महिना १५ देखि २० हजार रुपैयाँ पठाउने गरेको थियो। तर त्यो पैसा बुवालाई समेत जानकारी नगराएर आफै खर्च गर्ने गरेको उनले बताइन। ‘मेरो पनि विवाह भइसकेको छ। भाई र वहिनीको पनि विवाह भइसकेको छ। यस्तो अवस्थामा मम्मी सम्पर्कविहिन हुँदा घरका सबै जना चिन्तित बनेका छन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार