चार दिनपछि २७.४१ अंकले बढ्यो सेयर बजार

काठमाडौँ : हिजो नौ अङ्कले घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से २७ दशमलव ४१ अङ्कले बढेर दुई हजार ६ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।

आज तीन सय सात वटा कम्पनीका एक करोड चार लाख कित्ता शेयर पाँच अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३३ करोड रुपैयाँको शेयर किनबेच भयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार