जनताका गुनासा र विकास निर्माणका योजनाको अनुगमन गर्न टोल टोलमा ब्यस्त : पुर्व मन्त्री देउवा

धनगढी : प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री प्रकाश देउवा जनताका गुनासा र विकास निर्माणका योजनाको अनुगमन गर्न अहिले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत टोल टोलमा ब्यस्त छन ।

कैलाली जिल्लाको ५ नम्बर निर्वाचन क्षेत्र अन्तर्गतको प्रदेश सभा २ बाट निर्वाचित पुर्व मन्त्री देउवा पार्टिका केही नेता सहित टोल टोलमा भेटघाट र योजना अनुगमन गरिरहेका छन । यस अघि काँग्रेसको नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पुर्वाधार विकास मन्त्री भएका देउवा दशै लगत्तै टोल भ्रमणमा निस्किएका हुन । उनी जनताका माग, समस्या र योजना कार्यान्वयनमा देखिएका समस्याबारे घरदैलोमा गएरै छलफल गरिरहेका छन ।

उनको निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ देखि ६, ११ र १३ नम्बर वडा पर्दछन । पुर्व मन्त्री देउवाले भने ( जनतासंग प्रत्येक्ष भेटेर शुभकामना आदान प्रदान संगै विकास निर्माणबारे जानकारी र जनताका गुनासा सुन्न टोल टोलमा भेटघाट गरिरहेको छु ।

पुर्व मन्त्री देउवाले प्रदेश सरकारले केही पनि गरेन भनेर चलिरहेको हल्ला चिर्न पनि जनताको घरदैलोमा गएर प्रदेश सरकारले गरिरहेको काम र प्रदेश संरचनाको महत्वबारे जनतालाई बुझाउनु पर्ने देखिएको बताए ।उनी केही दिन यता बिहान ८ बजे देखि बेलुका अबेर सम्म टोल भेटघाटमा हिडिरहेका छन ।

निर्वाचन जितिसके पछि अर्को निर्वाचन नआउन्जेल नेताहरु जनतासंग भेटघाट नगर्ने परम्परालाई पनि पुर्व मन्त्री देउवाले हटाएको धनगढी १३ का रामलाल रानाले बताए । उनले भने ( अरु नेताको त त्यति थाह छैन, प्रकाश देउवा भने पटक( पटक घरभेटमा आईरहेका छन । उनले घरभेटमा आएका वेला दिएका सुझाबहरु पनि कार्यान्वयन गर्ने गरेको रानाले बताए ।

पुर्व मन्त्री देउवा संगै टोल भ्रमणमा सहभागी नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले नेताहरु घरदैलोमा जाँदा जनतामा देखिएका धेरै भ्रम हटने बताए । उनले भने जनताको चाहाना नेताहरु घरदैलोमा आएर आफ्ना समस्या सुनुन भन्ने छ, अहिले पुर्व मन्त्री देउवाले त्यही गरिराख्नु भएको छ । सचिव सुनारले तिहार सम्म सबै वडाका सबै टोल घुमेर सकिने बताए । उनले जनताका नेता प्रति केही आक्रोश भएपनि घर घरमा जाँदा स्वागत गर्ने गरेको बताए ।

भौतिक मन्त्री हुदा आफ्नो निर्वाचन क्षेत्रमा १९ वटा सडकमा बजेट बिनियोजन गरेका देउवाले यश पटकको बजेटमा पनि धेरै सडक संगै अन्य विकासे योजनाहरुमा ठुलो रकम छुट्याउन सफल भएका छन । उनले बिकासलाई नै प्राथमिकतामा राखेर अघि बढेकाले उनिप्रति युवाको आकर्षण र समर्थन बढेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार