रवि लामिछाने पक्राउ परेको विरोधमा काठमाडौँमा प्रदर्शन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ।

रास्वपाका नेता–कार्यकर्ताले आइतबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले सत्ताको दुरुपयोग गरेर लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन्।

Galaxy

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले लामिछानेलाई कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरेको थियो। सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको उनीमाथि आरोप छ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले पनि लामिछानेले सहकारीको रकम अपचलन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार