दैनिक एक ग्लास दूधको सेवन गर्दा शरीरलाई धेरै फाइदा

काठमाडौँ : दूध पौष्टिक हिसाबले भरिपूर्ण छ । बच्चादेखि वृद्धासम्म हरेक व्यक्तिका लागि दूधको सेवन लाभदायक छ । दैनिक एक ग्लास दूधको सेवन गर्दा शरीरलाई धेरै फाइदा हुन्छ ।

गाई भैँसीको दूध पनि बिरामीदेखि सबैका लागि सिफारिस गरिन्छ । तर, दूधका केही घाटाहरू पनि हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । अझ दूधसँग अरू कुरा पनि एकसाथ खाँदा त्यसले स्वास्थ्यलाई असर गर्छ । कतिपय खानेकुरा दूधसँगै खाने गर्दा हाम्रो शरीरमा विषको काम गर्न सक्छ।

दूधसँग केके कुरा खानु हुँदैन ?

– दूधसँग दही कहिल्यै पनि सेवन गर्न हुँदैन । यसले छालासम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै मुला, माछा मासुजस्ता खानेकुरासँग पनि दूध पिउनु हुँदैन । यी चीज दूधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ ।

– यसको प्रयोगले छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो । तातो चिसो एकै पटक शरीरले पचाउन सक्दैन र सेतो दाग आउन सक्छ । जसलाई हामीले दूधे भनेर पनि बुझ्न सक्छौँ । यस्तै कालो दालसँग पनि दूध सेवन गर्नु हुँदैन ।

– त्यसै गरी दूधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । त्यति मात्र नभएर दूधसँग तिलको सेवन गर्नु पनि हानिकारक मानिन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ । दूधसँग कागती खानु पनि निकै हानिकारक हुन्छ ।

– दूध पिउनुअघि वा लगत्तै कहिल्यै पनि कुनै फलको सेवन गर्नु उचित मानिँदैन । दूधसँग सुन्तला, भुईँ कटहरजस्ता फलको सेवन गर्दा यसले स्वास्थ्यमा असर पुग्छ ।

साथै कतिपय मानिसहरू खाजामा दूधसँग ब्रेड बटर लिन्छन् तर दूध आफैँमा पूर्ण आहार हो । यी सबै चीज एकैसाथ सेवन गर्दा पेटमा भारीपनाको महसुस हुन्छ । यसै गरी आयुर्वेदको अनुसार प्रोटिन, कार्बोहाइड्रेट तथा अधिक मात्रामा फ्याट भएको वस्तुको सेवन एकैसाथ गर्नु हुँदैन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार