काठमाडौं : कार्तिक १२ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्म ‘जेरी अन टप’मा अभिनेता भुवन केसी पनि जोडिएका छन् ।
उनी करिव तीन वर्षपछि अभिनयमा फर्किन लागेका हुन् । उनी फिल्ममा छोरा अनुमोल केसीकै बुबाको भूमिकामा देखिन लागेका छन् ।
फिल्मको छायांकनको सुरुवात सोमवार बंगलामुखी मन्दिरबाट हुँदैछ । फिल्ममा बाबु छोरा भुवन र अनमोल केसी बाहेक जसिता गुरुङ,केदार घिमिरे,आँचल शर्मा र विपना थापाको प्रमुख भुमिका रहेको छ ।
भुवनले पछिल्लो पटक सन् २०२१ मा रिलिज भएको फिल्म ‘डाँडाको वरपीपल’मा अभिनय गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्