तीन महिनामा साढे २१ लाख यात्रुले गरे हवाई यात्रा

काठमाडौं : नेपालमा पछिल्लो तीन महिनामा साढे २१ लाख यात्रुले हवाई यात्रा गरेको पाइएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जुलाई २०२४ देखि सेप्टेम्बर २०२४ को बीचमा २१ लाख ७६ हजार १२६ यात्रुले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका छन् । कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ तीन महिनामा ११ लाख ४० हजार २४२ जना यात्रुले काठमाडौं विमानस्थलबाट सेवा लिएका छन् ।

यसमध्ये ५ लाख ४६ हजार १५६ जना काठमाडौं विमानस्थलमा अवतरण गरे । काठमाडौंबाट ५ लाख ९४ हजार ८६ जना यात्रु उडेको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ । तीन महिनामा काठमाडौंमा ८ हजार ३३ वटा उडान–अवतरण भएका छन् ।


तीन महिनामा अन्तर्राष्ट्रिय यात्रु

– आगमन : ५ लाख ४६ हजार १५६

– प्रस्थान : ५ लाख ९० हजार ८६
– कुल : ११ लाख ४० हजार २४२
उता, आन्तरिकतर्फ तीन महिनामा १० लाख ३५ हजार ८८४ जनाले यात्रा गरेका छन् । जसमध्ये ५ लाख १४ हजार ६३६ यात्रु काठमाडौं अवतरण गरेका छन् । ५ लाख २१ हजार २४८ जना यात्रु काठमाडौंबाट प्रस्थान गरेका छन् । तीन महिनामा कुल २२ हजार ८४६ उडानरअवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तीन महिनामा आन्तरिक हवाई यात्रु

– आगमन : ५ लाख १४ हनार ६३६
– प्रस्थान : ५ लाख २१ हजार २४८
– कुल : १० लाख ३५ हजार ८८४

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार