अत्तरियामा आएको ४० करोड बजेट गोपी हमालले लग्दै छन् : अध्यक्ष भट्ट

धनगढी : कैलालीको अत्तरियामा रहेको कृषि उपज थोक बजारका अध्यक्ष नन्द लाल भट्टले अत्तरियामा दूध प्रशोधन कारखानाका लागि आएको बजेट धनगढी जान लागेको बताएका छन् ।

दैलेखबाट कृषि उपज थोक बजारको अवलोकन गर्न आएका जनप्रतिनिधिहरूलाई बजारको अवस्थाका बारेमा जानकारी गराउँदै उनले सो कुरा बताएका हुन ।

उनले यस क्षेत्रको राजनीतिले अत्तरियामा दूध प्रशोधन केन्द्र बनाउन नदिएको बताए । ‘यहाँ ४० करोड रुपैयाँ आएको छ दूध प्रशोधन कारखानाको लागि । न बन्न दिने यहाँको राजनीतिक नेतृत्व छ’ उनले भने ‘उक्त बजेट गोपी हमाल लग्दै छन् म बनाउँछु भनेर ।’

उनले कृषि बजारमा राजनीति गर्न खोजिएको भए पनि आफूले रोकेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार