घोडाघोडी ताल पर्यटकका लागि गन्तव्य स्थल बन्दै !

धनगढी : जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल पर्यटकका लागि गन्तव्य स्थल बन्दै गएको छ । घोडाघोडीमा हिजोआज पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकको बढ्दो आगमनसँगै यहाँका युवायुवतीले तस्बिर खिचेर राम्रो आम्दानी गर्न थालेका छन् ।

सुरुमा एकरदुई जना मात्र फोटो खिच्दै आएकोमा घोडाघोडीमा अहिले ३२ जना फोटोग्राफर पुगेका छन् । आम्दानी राम्रो हुन थालेपछि फोटोग्राफर थपिँदै गएको पाइन्छ । फोटो खिच्नेमा पुरुष मात्र छैनन् महिलासमेत क्यामेरा बोकेर घोडाघोडी ताल वरपर पर्यटकलाई फोटो खिच्नुहुन्छ भन्दै सोध्ने गरेको भेटिन्छन् ।

धनगढी सूचना

एक लाखदेखि तीन लाख रुपियाँसम्मका क्यामेराले तस्बिर खिचेर दैनिक एक हजारदेखि पन्ध्र हजार रुपियाँसम्म आम्दानी हुने फोटोग्राफरहरूको भनाइ छ । घोडाघोडी नगरपालिका–१, घोडाघोडीका भूमि क्षेत्रीले क्यामेरा धेरै हुन थालेपछि पालो लगाएर फोटो खिच्ने व्यवस्था गरेको बताए ।

उहाँले एउटा क्यामेराले एउटा समूहको तस्बिर खिच्ने गरेर पालो लगाएको जानकारी दिए । हालैमात्र श्रीमान् गुमाएकी स्थानीय पूजा शाहलाई मन बहलाउने र आम्दानीको स्रोत तस्बिर खिच्ने कार्य बनेको छ । चार वर्षकी छोरीसमेत रहेकी पूजाले बिहानदेखि साँझसम्म घोडाघोडीमा तस्बिर खिच्ने काम गर्नुहुन्छ ।

श्रीमान्ले गर्दै आएको कामलाई श्रीमान्को निधनपछि आफूले निरन्तर दिएको पूजाले बताइन् । घोडाघोडीमा तस्बिर खिच्ने कार्यमा सात जना महिला सक्रिय छन् । रोजगारीका लागि भारत जाने गरेकी स्थानीय नानु शाहले घरनजिकै तस्बिर खिच्ने काम सुरु गरेपछि भारतको भन्दा राम्रो आम्दानी गर्ने गरेको बबताइन् ।

तस्बिर खिच्ने अधिकांश महिलाका आआफ्ना तस्बिर खिचाउँदा लगाउने पोसाकका पसलसमेत रहेका छन् । विभिन्न जातजातिले लगाउने पोसाक भाडामा दिएर आम्दानी हुने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार