कैलालीका तीनवटा गोदाममा आइतबारदेखि धान खरिदको काम सुरु

धनगढी : खाद्य तथा व्यापार कम्पनी लिमिटेड धनगढीले धान खरिद सुरु गरेको छ । खाद्यले कैलालीका तीनवटा गोदाम धनगढीस्थित मोहनपुर गोदाम, टीकापुर र शक्ति गोदाममा आइतबारदेखि धान खरिदको काम सुरु गरिरहेको हो ।

खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सूचना नै जारी गरेर ३४ रुपैयाँ ११ पैसा प्रतिकिलोका दरले धान खरिद गर्ने जनाएको छ । खाद्यले कैलालीमा प्रतिकिसानबाट ५० क्वीन्टलसम्म धान खरिद गर्ने भएको छ ।

नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्यले धान खरिद गर्न लागेको खाद्य तथा व्यापार कम्पनी धनगढीकी निमित्त प्रमुख इन्जिला बस्नेतले बताइन् । यो वर्ष सरकारले प्रतिक्वीन्टल धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ ।

खाद्यमा धान बिक्रीका लागि किसानले वडाको सिफारिस, परिचय खुल्ने कागज र स्वघोषणा पत्र ल्याउनुपर्नेछ । कैलालीमा ५५ हजार क्वीन्टल धान खरिदको लक्ष्य राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार