धनगढी : राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैलालीको अध्यक्षमा लक्ष्मणराज जोशी सर्वसम्मत चयन भएका छन् ।
शनिबार संस्थाको धनगढीमा सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट जोशी अध्यक्षमा चयन भएका हुन् ।
साधारण सभाले जोशीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा किशोर श्रेष्ठ,सचिवमा नरराज पाण्डे र कोषाध्यक्षमा अनिता चौधरी सर्वसम्मत चयन भएको जनाइएको छ ।
त्यस्तै सदस्यमा बिष्णु खत्री,कविराज कठायत,देवबहादुर कुँवर,धना जोशी र सिर्जना सिंह चयन भएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्