बझाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरले बझाङको सुर्मा गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
‘सुधारौँ सोच ,संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ आयोगका आयुक्त पोषणराज भण्डारीको अध्यक्षतामा उक्त कार्याक्रमको उद्घाटन भएको थियो भने अन्तरक्रिया कार्याक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष रमिला कुमारी मण्डेल पुजारा रहेका थिए । त्यस्तै बिशिस्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीराज जोशी रहेका थिए ।
पालिका स्तरीय १ दिने अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरु एवं स्थानीय तहलाई आयोगका सुझावहरुका सम्बन्धमा उपसचिव पोषणराज भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थियो ।
कार्यक्रमका विशिस्ट अतिथि एवम् गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जोशीले भ्रष्टाचार नियन्त्रण गर्न सबैको सहयोग हुनुपर्ने र ब्याक्तीको नियतले गर्दा भ्रष्टाचार मौलाउदै गएको बताए ।
उनले सार्वजनिक पदाधिकारीहरुले कानूनको पालना गर्न र सदाचार निर्माणमा ध्यान दिन अनुरोध गरेका छन् । अख्तियारको कार्यप्रति आफ्नो सहयोग रहने प्रतिबद्धता गर्दै पालिकामा भ्रष्टाचार नियन्त्रण गर्न सबै तहतप्काका जनप्रतिनिधि ,कर्मचारीलाई सचेतनामुलक कार्याक्रमको आयोजना गर्न जोशीले आग्रह गरेका छन् ।
सुर्मा गाउँपालिकाको कार्यालय दौलिचौरको सभाहलमा सुरु भएको अन्तरक्रिया कार्याक्रमा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, मा.वि., नि.मा.वि, प्राबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, समाजसेबि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्