दार्चुलास्थित सीमा प्रशासन कार्यालय खारेज गर्ने सरकारको निर्णय

धनगढी : सरकारले दार्चुलास्थित सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ। ८ गतेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला खारेज गर्ने निर्णय भएको जनाएको छ। साथै, त्यहीँ अब अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने पनि निर्णय गरिएको छ।

Galaxy

यस अगाडि गृहमन्त्री रमेश लेखकले दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको बताएका थिए। जसअनुसार दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले अध्यागमन कार्यालय खोल्न लागेको जनाएको छ।

सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनमा सो कार्यालयले मदत गर्ने विश्वास लिइएको छ। जहाँ चीन र भारतलाई जोड्नका लागि सडक निर्माण पनि गर्ने तयारी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार