धनगढी : कैलालीको गोदावरी नगरपालिका– ५ गेटामा जडान गरिएका स्ट्रिट लाईटहरु सञ्चालनमा ल्याईएको छ । शुक्रबार नगरप्रमुख विरेन्द्र भट्टले गेटा आखाँ अस्पताल क्षेत्रको भित्री सडकमा जडान गरिएका लाईटहरुको सुभारम्भ गरेका हुन ।
स्थानिय लाल बहादुर चौधरीले बत्ति बल्दा एकदमै खुसी भएको बताए । उनले अब सो सडक भएर आवत जावत गर्ने यात्रुहरुलाई सहज हुने बताए । उनले खम्बा हालेर बत्ति बनाएको भएपनि कहिले बल्छ भन्ने चिन्ता लागेकोमा अब भने सो चिन्ता पनि हटेको बताए । ‘यसअघि अध्यारोमा हिड्थ्यौँ, अब उज्यालोमा हिड्न पाएका छौ, हामीलाई यही राम्रो लागेको छ’ उनले भने । उनले स्थानियहरुको पिडालाई महसुस गरेर काम गरिदिएको भन्दै नगरपालिकाप्रति धन्यवाद ज्ञापन गरे ।
स्थानिय मिना चौधरीले बिजुली बलेपछि सुविधा भएको बताईन । उनले अध्यारोमा हिड्न डर लाग्ने गरेकामा अब बत्ति बलेकाले सहज भएको बताईन । अर्का स्थानिय दिल बहादुर महराले एकदमै दुर्गम बस्तीका रुपमा रहेको गेटाले विकासको रुप पाईरहेको बताए ।
उनले आफु विगत १५ वर्षदेखी सो क्षेत्रमा बस्दै आइरहेको बताउदै पुरानो र अहिलेमा धेरै फरक भएको बताए । ‘एकदमै दुर्गम बस्ती थियो, त्यसपछि बाटो बन्यो र अहिले बिजुली पनि बलेको छ’ उनले भने ‘अहिले आवत जावत गर्नलाई धेरै सहज भएको छ, यस्ता कार्यहरु आवश्यकता भएका अन्य स्थानहरुमा पनि गरिदिन अनुरोध छ ।’
गेटाका स्थानिय एवम् नेपाली कांग्रेसका नेता यज्ञराज चौधरीले विजुली बल्नु एकदमै राम्रो र खुसीको कुरा भएको बताए । उनले रातीमा एक्लै हिड्न गाह्रो हुने अवस्थाको बाटोमा विजुली बल्नु धेरै राम्रो भएको बताए । वडाध्यक्ष सुद्धिराम चौधरीले एडिबिको परियोजनाबाट जनताको माग बमोजिम विजुली बाल्न पाईएको बताए । उनले दिपावली भन्दा अगावै विजुली बाल्ने लक्ष्य पुरा भएको बताए । उनले एडिबीले विजुली बालिसकेपछि नगर र वडाले विजुली बत्तिहरुको सुरक्षाको जिम्मेवारी लिने बताए ।
‘आँखा अस्पताल, गेटा अस्पतालको मुख्य सडक र अत्तरियालाई जोड्ने सडक नै यही हो, त्यसैले यहाँ विजुली आवश्यक थियो’ उनले भने ‘त्यसबाहेक नजिकै विद्यालय पनि रहेकोछ भने स्थानियहरुले बढी आवतजावत गर्ने बाटो नै यही हो ।’उनले वडाका अन्य अति आवश्यक स्थानहरुमा सोलार बत्तिहरु बालिएको बताए ।
उनले सुचारु गरिएका बत्तिहरु टाईम अनुसार आफै बन्द हुने र बल्ने किसिमका रहेको बताए । उनले तत्काल प्राविधिकको अभावका कारण केही समय सम्मका लागि जनप्रतिनिधि वा कुनै स्थानियलाई बिजुली बाल्ने र निभाउने जिम्मेवारी दिईने बताए ।
एशियाली विकास बैंकको सहयोग तथा शहरी विकास कार्यालय धनगढीको सहकार्यमा उक्त लाईटहरु सञ्चालनमा ल्याईएका हुन । उक्त क्षेत्रमा ४६ वटा स्ट्रिट लाईटहरु सञ्चालनमा आएका छन । सडकको दुवै तर्फ मिलाएर लगाईएका उक्त लाईटहरुले त्यस क्षेत्रमा रातीको समयमा हुने घटनाहरु न्यूनिकरणमा मद्दत पुग्ने स्थानियहरुले अपेक्षा लिएका छन ।
प्रतिक्रिया दिनुहोस्