कैलालीबाट बेबारिसे एक व्यक्तिको उद्धार

धनगढी । कैलालीको गेटा मेडिकल कलेज अगाडि बेवारिसे अवस्थामा बस्दै आएका एक व्यक्तिको उद्धार गरिएको छ । अन्दाजी २५ वर्ष उमेरका देखिने ती व्यक्तिको शुक्रबार बिहान उद्धार गरिएको हो ।

घर बाजुराको जुकोट बताउने ती व्यक्ति लामै समयदेखि उक्त क्षेत्रमा बेबारिसे अवस्थामा बस्दै आएको स्थानीयले बताएका छन् ।

शुक्रबार बिहान शरीरमा चोटपटक लागेको, बेबारिसे अवस्थामा सडक छेउमा रहेको भन्ने सूचनाका आधारमा कल २४ न्यूजको टिम, दृष्टी फाउण्डेसनकी सञ्चालन कल्पना भट्ट, नेपाल प्रहरी र गोदावरी नगरपालिकाको सहयोगमा ती व्यक्तिको उद्धार गरिएको हो ।

उद्धारपछि ती व्यक्तिलाई बर्दगोरियास्थित साहरा घरमा पठाइएको छ । मानसिक रुपमा अस्वस्थ रहेका ती व्यक्तिले आफ्नो नाम उत्तम रावल भएको बताएका छन् । घरबाट निस्किएको एक वर्षभन्दा धेरै समय भएको बताउने ती व्यक्तिले आफ्नो घरमा आमा, बुवा र भाई रहेको बताएका छन् । हाल ती व्यक्तिको उद्धार गरि बर्दगोरिया लगिएको छ भने उनको उपचार तथा घरपरिवार खोज्ने काम भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार