सुपथ मूल्य पसल सुनसान्, भारतीय बजारमा छैन खुट्टा टेक्ने ठाउँ…

भक्तराज जोशी

धनगढी । सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरे पनि अधिकांश नागरिक किनमेलका लागि भारतीय बजार नै पुग्ने गरेका छन् । अझ खुला सिमानाका भएकाले पनि कैलाली, कञ्चनपुरका अधिकांश नागरिक किनमेलका लागि भारतीय बजार नै पुग्छन् ।

अहिले साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिम प्रदेश कार्यालयले धनगढीमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । असोज ७ गतेदेखि सुरु भएको उक्त पसल कात्तिक २२ गतेसम्म चल्नेछ ।

सुपथ मूल्य पसलमा हाल आँटा, दाल, चिनी, नुन, चामल, साबुन र स्यानिटाइजर लगायतका घरायसी सामानहरु बजार मूल्य भन्दा सस्तोमा राखिएको साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रबन्धक बासुदेव उपाध्यायले बताएका छन् । उनका अनुसार अहिले कैलालीको टीकापुर, कञ्चनपुरको बेलौरी, महेन्द्रनगर र पहाडी जिल्लाका बैतडी, डडेल्धुरा, दीपायललगायतका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा रहेको बताएका छन् ।

तर उपभोक्ताको सहजताका लागि सरकारले सुपथ मूल्य पसल सञ्चालन गरिरहँदा उपभोक्ता भने किनमेलका लागि भारतीय बजारमै पुग्ने गरेको भन्दै उपाध्यायले चिन्ता व्यक्त गरेका छन् । उनले बजार मूल्य भन्दा सस्तोमा घरायसी सामान उपलब्ध गराउँदा पनि उपभोक्ताहरु भारतीय बजारमै आश्रित हुनुपर्ने अवस्था चिन्ताजनक भएको बताएका छन् ।

यता उपभोक्ताहरुले भने चाडपर्वका बेलामा मात्रै सुपथ मूल्य पसल सञ्चालन गरेर कालोबजारी तथा बजारमो हुने अनियमितता रोक्न नसकिने तर्क गरेका छन् । साच्चै राज्यले उपभोक्ताको सहजता चाहे बाह्रै महिना सुपथ मूल्य पसल सञ्चालन गर्नुपर्ने उपभोक्ताहरुको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार