पूर्वराजा ज्ञानेन्द्र शाहसँग अध्यक्ष पुष्पकमल दाहालले भेटवार्ता गरेको खुलासा

काठमाडौं : वरिष्ठ पत्रकार किशोर नेपालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको खुलासा गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा राजनीतिक टिप्पणी गरिरहने पत्रकार नेपालले आज भने प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको खुलासा गरेका हुन् । नेपालले प्रचण्डले केही दिनअघि मात्रै शाहसँग ‘दर्शन भेट’ गरेको दाबी गरेका छन् ।

उनले एक्समा लेखेका छन्–‘जनयुद्धका चीफ कमाण्डर तथा संघीय गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्डले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहको दर्शन भेट गर्नुभएको खबर धेरैका लागि अविश्वनीय लाग्न सक्दछ । तर, सत्य कहिलेकाहीँ असत्यको आवरणमा रहन पनि सक्दछ ।’

भोलिमात्रै काठमाडौंमा माओवादी केन्द्रले विशाल जनप्रदर्शन गर्ने भनेको छ । काठमाडौंको भृकुटीमण्डपमा ‘भ्रष्टाचार र बेथितिको विरुद्धमा विशाल जनप्रदर्शन’ को नाम दिईएको सभामा सहभागी हुन प्रचण्डको सचिवालयले अपिल गरिरहेको छ । file photo

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार