बालिका बला*त्कार आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ

काठमाडौं : दाङमा बालिका बला*त्कार गरेको आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ परेका  छन्। 

 पक्राउ पर्नेमा २९ नम्बर ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी हवल्दार भरत रोका र जवान रेवन पचभैया मगर रहेका छन्। उनीहरूमाथि सशस्त्र प्रहरी कार्यालयबाहिर बनाइएको दशैँको पिङ खेल्न पुगेका दुई बालिकामाथि बलात्कार गरेको आरोप छ।

Seti Hospital

प्रहरीका अनुसार उनीहरूमाथिको अनुसन्धान अघि बढिसकेको छ। अहिले सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइको प्रहरीले जनाएको छ। 

गत असोज २४ गते पिङ खेल्न गएका ८ र १४ वर्षीया बालिकामाथि बलात्कार गरेको जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। उनीहरूलाई सशस्त्र प्रहरीले नै पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार