धनगढी : नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य प्रसान्त थापाले भारतको उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगी सगं भेट गरेका छन् ।
बिहिबार मुख्यमन्त्री निवास लखनउमा थापाले मुख्यमन्त्री योगीलाई भेटेका हुन् । भेटका क्रममा थापाले भारतीय नाकाहरूमा प्रहरीले अनावश्यक रूपमा नेपालीलाई चेकिङका रूपमा दुःख दिइरहेको लगायतका बारेमा जानकारी गराएका छन् ।
आगामी दिनमा नाकाको समस्या समाधान गर्न थापाले मुख्यमन्त्री योगीलाई आग्रह गरे । नाकामा भारतिय नागरिकले नेपालीमाथी दुर्ब्याहार तथा लुटपाट समेत गर्ने कुराको जानकारी गराउँदै थापाले सो समस्या समाधान गर्न आग्रह गरे ।
सिमावर्ती क्षेत्रका अधिकाशं नेपालीहरु पलिया बजार ओहोर दोहोर गरिरहने भएकाले गौरिफन्टा देखी पलियाको सडक फराकिलो बनाउन उनले आग्रह गरे । भेटघाट पश्चात् मुख्य मन्त्री योगीले सत्य तथ्य बुझेर समस्या समाधान तर्फ जोड दिने बताएको थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्