ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु

धनगढी : कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित पुर्व पश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००२ त ६१८७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा बिहीवार दुर्घटना भएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशिल बिक गम्भिर घाईते भएका थिए।

SHIKHAR COOL TECH

घाईते बिकको घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा  बिहीवारनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ट्याक्टर र ट्याक्टर चालक लम्की चुहा नगरपालिका–४ बलिया बस्ने ३७ वर्षीय राताराम चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार