साफ महिला फुटबल : भुटानसँग माल्दिभ्सको १३ गोल अन्तरले पराजित

काठमाडौँ : दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपमा समूह चरणको अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई १३-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बिहीवार) भएको खेलमा भुटानका लागि देकी लाजोमले ५ गोल, पेमा छोदेन र डेकी याङदोनले २/२ गोल तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले १/१ गोल गरे।

देकी लाजोमले १५, १९, ४६, ५२ र ७०औँ मिनेटमा गोल गरिन्। पेमाले ७, १७, छिरिङ याङदेनले ६५, ८०, सोनमले ५, नामगेलले ४१, देकी याङदेनले ४७ तथा छिरिङ लादेनले ६८औँ मिनेटमा गोल थपे।  

जितसँगै भुटान ३ खेलबाट ७ अंक जोडेर समूह ‘बी’ को शीर्षमा उक्लिएको छ। सेमिफाइनलमा स्थान सुरक्षित गरेको भुटानको गोल अन्तर १६ भएको छ। यो समूहमा २ खेल खेलेको नेपालले ४ अंक र श्रीलंकाले २ खेल खेलेर ३ अंक जोडेको छ। अब नेपालले समूह विजेता बन्न श्रीलंकालाई ६ गोल अन्तरले पराजित गर्नुपर्ने हुन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार