बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीका पूर्व जिल्ला संयोजक प्रकाशचन्द्र भट्ट नेकपा एमाले प्रवेश गरेको छ । बैतडीबाट २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार भट्ट एमालेमा प्रवेश गरेका हुन।
आइतबार सम्पन्न एमालेको जिल्ला कमिटिको बैठकमा भट्टलाई एमालेमा केन्द्रीय सदस्य लिलाधर भट्टले स्वागत गरेका छन् ।
भट्टले एक विज्ञप्ती नै जारी गरी रास्वपा परित्याग गरेर एमालेमा प्रवेश गरेको जनाएका छन् ।
पार्टी नेतृत्व जनभावना र मर्म अनुरुप चल्न नसकेको तथा सुझाव सल्लाह दिदापनि कुनै परिवर्तीत जनअपेक्षित आधार हुन नसक्ने र चरम चाकरीबाजमा लिप्त भएको हुदा पार्टी परीत्याग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले प्रतिनिधिसभा चुनावमा १४ सयबढी मत ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्