बैतडी : बैतडीमा लागुऔषध (ब्राउनसुगर) सहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको पाटन नगरपालिका–४ खोल्सीका २१ वर्षीय नरेश विक २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित बुधबार पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले उनलाई पाटन स्थित सुर्नया नदीको पक्की पुलबाट बुधबार राति साढे १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।
विकमाथि लागुऔषध ओसारपोसार मुद्दामा अनुसन्धान हुने प्रहरी निरीक्षक ढुंगानाले बताए ।
प्रतिक्रिया दिनुहोस्