विशेष समारोहका साथ मनाइदै जंगी अड्डामा संयुक्त राष्ट्रसंघ दिवस

काठमाडौं : संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा विशेष समारोह आयोजना गरि मनाइदै छ । नेपाली सेनाको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

उनले विश्वमा शान्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले गरेको पहल र त्यसमा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे ।समारोहमा नेपाली सेनाले मार्चपासका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । साथै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गराइएको थियो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघको नेपाल कार्यालयका प्रतिनिधिहरु, नेपाली सेनाका प्रमुख र जवानहरु लगायतको उपस्थिति थियो ।  संयुक्त राष्ट्र संघ सन् १९४५ अक्टोबर २४ मा स्थापना भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार