टीकापुरबाट अवैध सामान सहित ६ जना भारतीय नागरिक पक्राउ

धनगढी : कैलालीको टीकापुरबाट अवैध सामान सहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन् । टीकापुर नगरपालिका–८ बटनपुरबाट भारतबाट अवैध रुपमा नेपालमा सामान भित्र्याउँदै गरेका ६ जना भारतीय नागरिक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी तिकुनिया गाउँका ३० वर्षीय गुल्ला सिह, ४५ वर्षीय इब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खान रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको साथबाट ३ लाख ९० हजार ८५० मुल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला, साईकलसहित पक्राउ गरिएको छ ।

यस्तै धनगढी उप– महानगरपालिका–४, १२ र १५ बाट पनि प्रहरीले अन्दाजी ७४ हजार ९८० मुल्य बराबरको कपडा, किरानाका सामान र बच्चाका खेलौना बरामद गरिएको छ । बरामद गरेको भन्सार छलिको सामान र पक्राउ परेकालाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार