बेपत्ता रहेका डडेल्धुराका व्यवसायी तीन दिनपछि मृत भेटिए !

डडेल्धुरा : डडेल्धुराका व्यवसायी खेमसिंंह पाली मृत भेटिएका छन् । सोमबारदेखि बेपत्ता रहेका पाली बुधबार मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार ५३ वर्षीय पालीको शव परशुराम नगरपालिका–६ करालीस्थित महाकाली नदीको किनारमा फेला परेको छ ।

सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी कार्य सुरु गरिएको हो । सो क्रममा पालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो । घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रेष्ठले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार