सेयर बजारमा सामान्य गिरावट

काठमाडौं : साताको चौथो दिन बुधबार नेप्से परिसूचक २०.४१ अंकले घटेर २ हजार ६४५.३९ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन मंगलबार नेप्से सूचक २५.८८ अंकले बढेको थियो ।

बजारमा पछिल्लो समय उत्तार चढाबहरु आइरहेको छ । लगानीकर्ताहरु आज ‘पर्ख र हेर’को अबस्थामा देखिएका छन् । बजारले कुनै सकारात्मक ट्रनिङ पोइन्ट खोजिरहेको छ, त्यो अपेक्षा गरे अनुसारको बजार नहुँदा लगानीकर्ता बजारबाट बाहिरिने वा लगानीगर्ने भन्ने अन्योल देखिन पुगेको बजार विश्लेषकहरु बताउँछन् ।

dashain shuvakamana
Discovery School

बजार घट बढहुँदै गर्दा लगानीकर्ता स्थिरहुन सकेका छैनन् । नयाँ सरकारको कार्यभार सम्हालेको सय दिन पुगेको छ । तर, नयाँ सरकार बन्दा सुरुवातमा उत्साहीत बन्न पुगेको लगानीकर्ताहरु पनि अहिले शिथिल देखिएका छन् । सरकारले जुन लक्ष्य अनुसारको बजार विकासको अपेक्षा गरेको थियो, त्यो विस्तारै सेलाउँदै र प्राथमिकतामा नपर्दा बजारमा निराशा छाएको हो ।

बजारमा उत्तारचढाब आइरहे पनि कारोबार रकम उत्साहजनक रहेको छ । धितोपत्र र ऋणपगरी कारोबारमा आएका ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार कित्ता शेयर किनबेचहुँदा ६ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीको ४३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रो सर्वाधिक कारोबारहुने कम्पनीमा कुमारी बैंक रहेको छ । कम्पनीको २७ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । साहस उर्जा, समृद्धि फाइनान्स,हिमालय डिस्टलरीको १९ करोड रुपैयाँदेखि २६ करोड १७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।


घटेको बजारमा आइसीएफसी फाइनान्स कम्पनीको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै समृद्ध फाइनान्स कम्पनी, एनआइसी एशिया डिम्बेन्चर, मन्जुश्री फाइनान्स, साहस उर्जा कम्पनीको ५.८५ प्रतिशतलदेखि ९.९३ प्रतिशतले बढेको छ । घटेको बजारमा माहुली लघुवित्त वित्तीय संस्था, हिमालय बैंक, सिटीजन बैंक, ग्रिन भेन्चर, प्रभु बैंकको शेयर मूल्य ३.८८ प्रतिशतदेखि ४.२८ प्रतिशतले घटेको छ । बुधबार वाणिज्य बैंकहरुको ३ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । कम्पनीहरुको वित्तीय विवरणप्रति लगानीकर्ता सन्तुष्ट नहुँदा केही बैंकको शेयर मूल्य घट्न पुगेको बजार विश्लेषकहरुके दाबी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार