बेलौरीमा चितुवाको आतङ्क बढ्दै !

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा चितुवा आतङ्क बढ्दै गएको छ । पछिल्लो केहिदिनयता बेलौरी नगरपालिका १० भुडा गाउँमा चितुवा आतङ्क बढ्दै गएको हो । आइतबार (कार्तिक ४ गते) राती भुडाका ओम प्रकाश पन्तको गोठबाट बाख्रा चितुवाले खाएको थियो । त्यसपछि लगातार दैनिक जसो पशुहरू चितुवाको चपेटामा परिरहेका छन् ।

पन्तको बाख्रा खाएको भोलि पल्ट सोमबार बिहान गाउँ नजिकै उखुबारीमा स्थानीय जनक पन्तले कुकुर चितुवाले खाएको अवस्थामा फेला पारेका थिए । सोमबार राती नै स्थानीय मोले गिरीको बाख्रा माथी चितुवाले आक्रमण गरेको थियो । त्यस्तै मङ्गलवार राती भुडाकै दिप्पु चौधरीको गोठमै चितुवाले बाख्रा मारेको छ ।

dashain shuvakamana
Discovery School

तिन दिनभित्रैमै दुई बाख्रा, एक कुकुरको चितुवाले ज्यान लिएको छ भने एक बाख्रो घाइते बनाएको छ । यसरी चितुवाले दैनिकी घरपालुवा जानवरहरु माथी आक्रमण गरिरहँदा सरोकारवाला निकायले नियन्त्रणको लागि कुनै कदम भने चालेको छैन ।

घना, बाक्लो उखु भएकाले चितुवा देखिने गरेको सव डिभिजन वन कार्यालय पचगडियाका प्रमुख दिनेश कुमार यादवले बताए । यादवका अनुसार घटना भएको ठाउँ र आक्रमण गर्ने जनावरको फुट प्रिन्ट हेर्दा चितुवा नै हो । लगातार चितुवा बस्ती पस्दा पनि कार्तिक ४ पछि वनको टिम घटना भएको ठाउँमा पुगेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार