धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा प्लास्टिक प्रतिबन्ध छ। धनगढीमा एक वर्षदेखि प्लास्टिकको विक्रीवितरण र प्रयोग भएको छैन्। क्याम्पसभित्र निकालाबाट बनेका परम्परागत १३ वटा ढोका डस्मिनका रूपमा कैलाली बहुमुखी क्याम्पसले राखेको छ।
प्लास्टिक विक्रीवितरण र प्रयोगमा उपमहानगरपालिकाले रोक लगाएको छ। उपमहानगरपालिकाले नीतिगत निर्णय नै गरेर प्लास्टिक विक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो। यस कारण पनि धनगढीमा प्लास्टिकको विक्रीवितरण र प्रयोग पूर्ण रुपमा बन्द छ।
प्लास्टिक प्रतिबन्धसँगै धनगढीको फोहरलाई तह लगाउन विद्यालयदेखि हरेक समुदाय सरसफाइमा जुटेका छन्। प्लास्टिकरहित धनगढी अभियानमा कैलाली बहुमुखी क्याम्पसले पनि साथ दिएको छ।
यसले कृषकलाई पनि प्रोत्साहन मिलेको छ। थोरै भएपनि पर्यावरण जोगाउन योगदान पुगेको क्याम्पस प्रशासनको अपेक्षा छ। निगालाकोबाट बनेका डोका ५ र ६ बर्ष घामपानी सहन सक्ने भएकाले पनि क्याम्पसभित्र यसको प्रयोग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्