रास्वपाका कार्यकर्ताहरूले सहकारी पीडितलाई घरघर पुगेर धम्क्याउन थालेको आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताहरूले पोखरामा सहकारी पीडितलाई धम्क्याउन थालेको आरोप लागेको छ ।

सूर्यदर्शन बचत पीडित सङ्घर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचत पीडित संघ पीडित कास्कीले विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिएको र कुटिएको आरोप लगाएका हुन् ।

dashain shuvakamana
Discovery School

सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेको बचाउमा उत्रिएका कार्यकर्ताले सूर्यदर्शनसहितका सहकारी पीडितलाई घरघर पुगेर धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको आरोप लगाएका हुन् ।

रास्वपा सरकारमा हुँदा समेत आफूहरूले गुहार माग्दा कुनै सहयोग नपाएको सूर्यदर्शन बचत पीडित सङ्घर्ष तथा तदर्थ समिति पोखराले गुनासो गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार