धनगढी उपमहानगरपालिकाले खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गर्यो !

धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ।

खोलानाला अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना खाली गर्न सूचना जारी गरिएको हो।मङ्गलवार उपमहानगरपालिकाले  खोलानालाको अधिकार क्षेत्र अतिक्रमण गरी पानीको बहाव रोकिने गरी निर्माण गरिएका भौतिक संरचानाहरू हटाउन भन्दै उपमहानगरपालिकाले सूचना जारी गरेको छ।

dashain shuvakamana
Discovery School

पानीको प्राकृतिक बहाव यथावत कायम राख्न र खोलानाला किनारका सार्वजनिक जग्गाहरूमा हरियाली विकास गर्न, सडक तथा फुटपाथ निर्माण गर्न, खोलाको अधिकार क्षेत्र तथा सेटब्याक रेखाङ्कन गर्ने कामसमेत गरिने उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

धनगढी उपमहानगरपालिकाले खोलाको अधिकार क्षेत्र तथा सेटब्याक खाली गर्न वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र १३ का प्राकृति खोलानालाहरूमा निर्माण गरिएका भौतिक संरचना कार्तिक मसान्तसम्म खाली गर्न सूचना जारी गरेको हो। उपमहानगरपालिकाले खोलानालाको अधिकार क्षेत्र र सेटब्याक खाली गर्ने काम नगरिए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार