अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा नेपाली कांग्रेस प्रदेशसभा (२) कार्यसमिति निर्वाचन क्षेत्र नम्बर २ ले आयोजना गरेको पार्टीको सयदिने विशेष अभियानमा अपाङ्गता भएका बालबालिकालाई ह्वीलचियर वितरण गरिएको छ।

शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाका गरी १४ जना बालबालिकालाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले मङ्गलबार ह्वीलचियर वितरण गरे।

dashain shuvakamana
Discovery School

शारीरिक अपाङ्गता भएका हिँडडुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई मन्त्री थापाले ह्वीलचियर वितरण गर्नुभएको पार्टीका प्रदेशसभा (२) कार्यसमितिका सभापति करनसिंह ऐरले बताए। ह्वीलचियर रुडुक नेपालका केन्द्रीय उपाध्यक्ष जोत्सना साउदको पहलमा उपलब्ध गराइएको उहाँले जानकारी दिए।
 
प्रदेशका तर्फबाट पनि अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध गराउने कार्यसँगै स्वरोजगारसँग जोड्न विशेष कार्यक्रम सञ्चलन गर्ने प्रतिबद्धता मन्त्री थापाले व्यक्त गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार