धनगढीबाट दुई लाख बढीको अबैध चिनीसहित २ जना पक्राउ

कैलाली : कैलालीको धनगढीबाट दुई लाख बढीको अबैध चिनीसहित २ जना पक्राउ परेका छन्। भन्सार छलेर चिनी ल्याइरहेका दुई जनालाई मध्यराति परिचालित सशस्त्र प्रहरी बलको टोलीले भन्सार छलीका सामानसहित दुई जनालाई पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका १८ फुलवारीस्थित थापाघाट सीमा इलाकाको बाटो हुँदै भारतबाट अबैध रुपमा भन्सार छलीको  दुई सय ५० किलो चिनी ,  चिनी बोक्ने मोटरसाइकल र तीन वटा साइकल बरामद गरिएको छ।

Galaxy

सशस्त्र प्रहरी निरीक्षक धनबहादुर नाथको कमाण्डमा खटिएको टोलीले तस्करीमा संलग्न धनगढी उहानगरपालिका १८ वर्षीय सुरज बिष्ट र २९ वर्षीय हरिष बिकलाई  पक्राउ गरेको छ।

तस्करीमा संलग्न दुबै जनालाई कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ। १२/१५ जना युवाहरुले होहल्ला गरी धरपकड गर्न खोजेको र हवाई फायर गर्न खोजेपछि मात्र नियन्त्रणमा लिन सकिएको सशस्त्र प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार