स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु

जनकपुरधाम : धनुषामा स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब १० बजेको समयमा धनौजी गाउँपालिका- २, गोरदाहास्थित जनजयोती स्कूलको बा ३ प ९०६५ नम्बरको बसले रामजानकी स्कूलमा अध्ययनरत्त आरोही कुमारी मण्डललाई ठक्कर दिएको थियो ।

dashain shuvakamana
Discovery School

बसको ठक्करबाट घाइते भएकी आरोहिको उपचारको लागि प्रादेशिक अस्पताल, जनकपुरधाममा ल्याएकोमा उपचारको क्रममा करिब ११ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

यता, बसले बालिकालाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । बस पूर्ण रुपमा जलेरको प्रवक्ता सिंहले बताए ।

उनले सो ठाउँमा अवस्था अहिले सामान्य रहेको र बसका चालक फरार भएकाले प्रहरी खोजतलाश गरिरहेको बताए । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार