साफ महिला च्याम्पियनशिप : माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल

काठमाडौं : साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । नेपालको जीतमा रेखा पौडेलले ५, प्रीति राईले ह्याट्रिक तथा सबिता राना मगर, अमिशा कार्की र अनिता केसीले १ / १ गोल गरे ।

dashain shuvakamana
Discovery School

यो जीतसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यस्तै भुटान ४ अङ्कसहित दोस्रो, श्रीलङ्का ३ अङ्कसहित तेस्रो र माल्दिभ्स अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।साफ महिला च्याम्पियनशिपमा हिजै भएको पहिलो खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हराएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार