काठमाडौं : कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी १४ असोजमा रिहा भएको अदालतका सूचना अधिकारी मेलिस बासकोटाले जानकारी दिए ।
धरौटीमा रिहा भएका इकुले आफू अभिनित फिल्म ‘१२ गाउँ’को प्रचार थालेका छन् । आफूले केही हल भिजिट गरेर दर्शकसँगै फिल्म हेरेको उनले बताए ।
विराज भट्ट निर्देशित फिल्ममा इकुको शीर्षमध्येको भूमिका छ । उनी फिल्ममा विराजका सहयोगीको भूमिकामा देखिएका छन् । इकुको यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्